काठमाडौँ /
प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शाह अपराह्न ३ बजे राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच करिब २० मिनेट छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणका विषयमा राष्ट्रपतिलाई औपचारिक जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको यस नियमित भेटवार्तालाई भारत भ्रमणको उपलब्धि र समसामयिक विषयमा जानकारी आदानप्रदानका रूपमा हेरिएको छ ।






