काठमाडौं /
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि विश्वप्रसिद्ध खेलाडी डेभिड मिलरले डेब्यु खेलमै ५५ बलमा ७ छक्का र ५ चौकाको मद्दतले नटआउट ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। मिलरको यो रन जारी एनपीएलकै व्यक्तिगत सर्वाधिक स्कोर हो।यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन जोडेको थियो। सुदूरपश्चिमका लागि सेफ जेबले ३५, विनोद भण्डारीले २७ र ब्रान्डन म्याकमुलेनले २४ रनको योगदान दिएका थिए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए।यो जितसँगै सुदूरपश्चिम ५ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ भने कर्णाली ४ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा खुम्चिएको छ।






