काठमाडौं /
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गर्नुभएको छ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको उक्त भेटवार्तामा नेपाल र गणतन्त्र कोरियाबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भेटका क्रममा उहाँहरूबीच आपसी हित, साझा चासो र दुई देशबीच रहिआएको सहयोगका विविध क्षेत्रहरूका बारेमा विस्तृत विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।नेपाल र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझै प्रभावकारी र बलियो बनाउने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरिएको छ।





