वासिङ्टन डीसी/
अमेरिकामा हालै सम्पन्न मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले पराजय ब्यहोरेको भए पनि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियो पदमै रहने ह्वाइट हाउसले जनाएको छ।दुवै मन्त्रीले पद छाड्न लागेको भनी सार्वजनिक भएका समाचारहरूको ह्वाइट हाउसले खण्डन गरेको छ। विदेशमन्त्री रुबियो आफैँले पनि आफू पद छाड्ने तयारीमा नरहेको स्पष्ट पार्नुभएको बीबीसीले उल्लेख गरेको छ।चुनावी नतिजा डेमोक्र्याटहरूको पक्षमा गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई हारको मुख्य कारण बताउनुभएको छ। यस चुनावसँगै डेमोक्र्याटहरूले अमेरिकी प्रतिनिधिसभा र सिनेट दुवैमा आफ्नो पकड कायम राख्न सफल भएका छन्।रिपब्लिकनको पराजयपछि ट्रम्प प्रशासनमा व्यापक हेरफेर हुन सक्ने र हेगसेथ तथा रुबियोले पद गुमाउन सक्ने चर्चा अमेरिकी सञ्चारमाध्यममा चल्दै आए पनि ह्वाइट हाउसले भने त्यसलाई अस्वीकार गरेको छ।






