काठमाडौं /
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।आयोगले ३१ लाख ६७ हजार दुई सय रुपियाँ विगो मागदाबीसहित मुद्दा दायर गरेको हो। लिखु गाउँपालिका वडा नं। ९ पोकलीमा आर्थिक वर्ष २०७५र०७६ र २०७६र०७७ मा भत्ता वितरणका क्रममा ठूलो रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ।अनुसन्धानका क्रममा लिखु गाउँपालिका वडा नं। ९ का तत्कालीन वडा अध्यक्ष शुकविर तामाङले विभिन्न व्यक्तिको नाममा आफ्नै दायाँ हातको बुढी औंलाको ३६० वटा औंठाछाप प्रयोग गरी २९ लाख १५ हजार दुई सय रुपियाँ भुक्तानी लिएको पाइएको छ।प्रतिवादीहरूले मृत्यु भइसकेका र बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीहरूको लगत कट्टा नगरी, नक्कली तथा फर्जी विवरण तयार गरी भत्ता रकम हिनामिना गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। गलत विवरण र अभिलेखका आधारमा पेस्की फछ्यौट गरी गाउँपालिकालाई गैरकानूनी हानि पुर्याएको आयोगको ठहर छ।






