कीर्तिपुर/
नेपाल प्रिमियर लिग ९एनपीएल०मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले हराएको छ ।यस प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो । सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।हिजो भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ .४ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए ।यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजीत रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए । चितवनका लागि बलिङतर्फ रञ्जीत कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एकरएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनाएको थियो । रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।






