काठमाडौं/
नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोकेको छ। १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ तत्काल नगराउने निर्णय भएको हो।पार्टीका एक पदाधिकारीका अनुसार, उनीहरूको पदलाई होल्डमा राख्ने तयारी भएको छ।कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छ।
को-को हुन् शपथ रोकिएका ,,,,
१ सन्तोष चालिसे : गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा सेले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले ३ करोड ६८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। विशेष अदालतले उनीसँग ५ लाख धरौटी लिएर तारेखमा राखेको छ। उनी बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
२. मोहन बस्नेत: नागार्जुन नगरपालिकाका मेयर बस्नेतमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दायर भएपछि मेयर पदबाट स्वतः निलम्बनमा परेका थिए। विशेष अदालतले दोषी ठहर गरेको थियो। उनी काठमाडौं उपत्यकाबाट निर्वाचित भएका हुन्।
३. विनिता खड्का: वैदेशिक रोजगारीको नाममा ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको आरोपमा महाधिवेशनकै अवधिमा पक्राउ परेकी थिइन्। निर्वाचन समितिले उनको जितको औपचारिक घोषणा समेत गरेको छैन।
४. उमेशचन्द्र यादव: प्रतापपुर गाउँपालिकाका अध्यक्ष रहेका यादव पनि अनियमितता प्रकरणमा जोडिएको बताइएको छ।
पार्टी स्रोतका अनुसार कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले मुद्दाको किनारा नलागेसम्म शपथ गर्न नमिल्ने जानकारी चारै जनालाई गराएका छन्। एक पदाधिकारीले भने, “उहाँहरूको अदालतमा मुद्दा रहेकाले अहिलेलाई रोक्ने भन्ने कुरा छ। अदालतबाट सफाइ पाएपछि उहाँहरूले जिम्मेवारी पाइहाल्नुहुन्छ।”यसैबीच ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको पनि शपथ विवादमा परेको छ। उम्मेदवार सौगात थापाले भट्ट ३६ वर्ष पुगेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
Compose
Write to Meta AI





