काठमाडौ/
भुटानको उत्तरी जिल्ला गासामा रहेको सिन्टाफु हिमताल विस्फोट हुँदा भीषण बाढी आएको छ। हिजो बिहीबार साँझ भएको ग्लेसियल लेक आउटबर्स्ट फ्लड ९न् ले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्डलाई नै बगाएर लगेको छ।भुटानको सरकारी प्रसारकका अनुसार, विस्फोटपछि करिब ७४ लाख घनमिटर पानी एकैचोटि मो छु नदीमा मिसिएको छ। बाढीले लाया गाउँ जाने सडक, पुनाखा(गासा हाइवेको ३१ किलोमिटर खण्ड र दुई वटा बेलिब्रिज समेत बगाएको छ। समयमै क्षेत्र खाली गराइएकाले भुटानमा कुनै मानवीय क्षति नभएको बताइएको छ।यो हिमताल भुटानका १७ वटा अति जोखिमयुक्त हिमताल मध्ये एक हो। यसअघि सन् २०२१ अगस्ट २६ मा पनि मो छु नदीले धार परिवर्तन गर्दा यही तातोपानी कुण्ड बगाएको थियो।भुटानबाट बग्ने मो छु नदी पुनात्साङ्छु हुँदै भारतमा संकयकज नदीको रूपमा बग्छ। बाढीको पानी ६ देखि ८ घण्टामै भारतीय सीमा पुग्ने अनुमानपछि भारत सरकारले हाई अलर्ट जारी गरेको छ।भारतीय जलशक्ति मन्त्रालय र केन्द्रीय जल आयोगले पश्चिम बंगालको अलिपुरद्वार र असमको धुबरी जिल्लामा विशेष बाढी एडभाइजरी जारी गरेको छ।उत्तर बंगालमा रेड अलर्टस् अलिपुरद्वार, जलपाईगुडी, कुचबिहार र दार्जिलिङ पहाडी क्षेत्रका नदी किनारका बस्ती खाली गराइएको छ। अलिपुरद्वारका एसपी अमित कुमार शाका अनुसार ४ देखि ५ हजार जनालाई शेल्टरमा र ६ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ।असममा सतर्कतास् धुबरी जिल्ला प्रशासनले संकयकज किनारका बासिन्दालाई माइकिङ गरेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ। १० हजारभन्दा बढी मानिसलाई रातारात उद्धार गरिएको भारतीय मिडियाले जनाएको छ।भुटानको राष्ट्रिय जल तथा मौसम विज्ञान केन्द्रले ताशिथाङ र येबेसामा नदीको सतह निगरानी गरिरहेको छ भने भारतमा भारी वर्षाको पूर्वानुमानले उद्धारमा थप चुनौती थपेको छ। विज्ञहरूले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण हिमताल विस्फोटका घटना बढेको भन्दै नेपाल, भुटान र भारत तीनै देशले संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने बताएका छन्।





