मोरङ/
पर्यटक भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका- ७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन्।गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने दस जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ।






