भक्तपुर/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरु गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा दायर भएको छ ।आयोगका अनुसार आचार्यको श्रीमती ललिता राजभण्डारी, छोरीहरु निलु आचार्य, सरु आचार्यविरुद्ध पनि सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।यसैगरी, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं। २, दिव्यश्वरी बस्ने प्रभा बस्नेत र काठमाडौँको पेप्सीकोला–३२ बस्ने कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।






