कीर्तिपुर/
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको ११ औं खेलमा सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवन राइनोजले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमा ५ विकेटको क्षतीमा १३१ रन सहित लक्ष्य पूरा गरेको हो। सुदूरपश्चिम रोयल्सले पावरप्लेमा निकै राम्रो सुरुवात गरेको थियो। पावरप्लेमा २ विकेटको क्षतीमा २२ रन बनाएको सुदूरपश्चिमका लागि वान डाउन आएका ब्याटर ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान दिपेन्द्र सिंह ऐरी डकआउट हुँदा इशान पाण्डेले २९ बलमा २ चौकासहति २५ रन बनाए। आरिफ शेख २० र सेर्फान रुथरफोर्ड २१ रनमा अविजित रहे। चितवन राइनोजलाई ५ विकेटले सुदूरपश्चिम रोयल्सले हराएको हो।






