काठमाडौं/
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याब्सनलाई निलम्बन गरेको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।राष्ट्रिय निर्देशन ऐन,२०१८ बमोजिम मन्त्रालयले दिएको निर्देशन बारम्बार पालना नगरेको र नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको देखिएकाले निलम्बन गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्वीकृति लिई सञ्चालनमा रहेको एन(प्याब्सनले मन्त्रालयका निर्देशनहरू बारम्बार अवज्ञा गरेको र संस्थाको उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको भन्दै मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ। मन्त्रालयद्वारा जारी सूचना अनुसार संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका काम गरेको पाइएको छ। यसअघि मन्त्रालयले सम्बन्धित पक्षहरूलाई राखेर गत असोज २३ गते छलफल गराएको थियो।साथै यसअघि जारी गरिएका निर्देशनहरू बमोजिम कार्य गर्न आग्रह गरेको थियो। तर निर्देशनहरूको निरन्तर उल्लंघन भएपछि ऐनको व्यवस्थानुसार कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ।राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा ९२० बमोजिम संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको सूचनामा उल्लेख छ।यसैबीच मन्त्रालयले संगठन निलम्बन भइसकेकाले अब एन(प्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि पूर्ण रूपमा गैरकानूनी हुने स्पष्ट पारेको छ।संस्थाको नाममा कुनै गतिविधि गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत गृह मन्त्रालयले दिएको छ।






