काठमाडौं/
दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन्। प्रहरीका अनुसार, यादवले कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सी क्रिप्टोरयूएसडीटी को ठूलो कारोबार गरेको पाइएको छ।प्रहरीले विशेष सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा यादवको बाइनान्स खातामार्फत २ अर्ब १६ करोड एक लाख २० हजार ८ सय २१ रुपैयाँको कारोबार गरेको फेला परेको थियो। प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।






