काठमाडौं/
सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३र८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ रहेको छ, जुन कुल ऋणको ५३.१३ प्रतिशत हुन आउँछ ।त्यस्तै कुल ऋणको ४५.५९ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ आन्तरिक ऋण दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवको तीन महिना अर्थात् असोज मसान्तसम्म मात्रै एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँ ऋण थपिएको प्रतिवेदनले देखाउँछ । जसमध्ये सरकारले एक खर्ब रुपियाँ आन्तरिक ऋण र २३ अर्ब ३२ करोड रुपियाँ बाह्य ऋण परिचालन गरिसकेको छ । चालु आवमा मात्रै सरकारले छ खर्ब ५८ अर्ब २८ करोड रुपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।






