काठमाडौँ /
जाडो मौसमलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिङ्क उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो ।कम्पनीका अनुसार यस अफरअन्तर्गत एक्स्ट्रीम इनर्जी ड्रिङ्कका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले ‘सुनको क्यान’ उपहार जित्ने अवसर पाउनेछन् । योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रीम इनर्जी ड्रिङ्कको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्युआर कोड (QR Code) स्क्यान गर्नुपर्नेछ । कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरी उपभोक्ताले स्वतः उपहार योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत ‘लक्की ड्र’ आयोजना गरी विजेता घोषणा गरिने कम्पनीले स्पष्ट पारेको छ । नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको लोकप्रियता बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।






