काठमाडौँ /
लोकप्रिय इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’ ले उपभोक्ताको बदलिँदो रुचिलाई लक्षित गर्दै पाँच नयाँ स्वाद (फ्लेभर) बजारमा ल्याएको छ । कम्पनीले साबिकको स्वादसँगै विविधता थप्दै नयाँ उत्पादनहरूको बिक्री वितरण सुरु गरेको हो ।नयाँ सार्वजनिक गरिएका फ्लेभरहरूमा ग्रिन एप्पलको स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अङ्गुरको स्वादमा ‘ग्रेप अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ रहेका छन् । यसैगरी, रास्पबेरी स्वाद रुचाउनेका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।उपभोक्ताको माग र स्वादप्रतिको आकर्षणलाई मध्यनजर गर्दै उत्पादनको दायरा फराकिलो बनाइएको कम्पनीको भनाइ छ । फरक स्वाद र आकर्षक नामका कारण यी नयाँ पेय पदार्थले विशेष गरी युवापुस्ताको रोजाइमा स्थान बनाउने विश्वास गरिएको छ ।कम्पनीले आगामी दिनमा पनि बजारको मागअनुसार स्वादमा नवीनता ल्याउँदै उपभोक्तालाई थप विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।





