काठमाडौं/
सरकारले अबको तीन दिन धान नकाट्न किसानलाई आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना बढेपछि यस्तो आग्रह गरेको हो।प्राधिकरणले भनेको छ, ‘यही कात्तिक १२, १३, १४ गते हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्नुहोला। ट्रेकिङमा जानुभएको छ भने सुरक्षित ठाउँमा बस्नुहोला, साथै यो तीन दिन धान नकाट्नु हुन अनुरोध छ।






