काठमाडौं /
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो सिजनमा पहिलो जित निकालेको छ । कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमान्डु गोर्खाजमाथि आठ विकेटको फराकिलो जित निकाल्यो ।जनकपुरको जितमा अनुभवी मोइन अलीले अलराउण्ड प्रदर्शन गरे । साथै जनकपुरले बलिङमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजले ११६ को झिनो लक्ष्य दिएको थियो । जनकपुरले उक्त लक्ष्य १७।२ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । जनकपुरले पहिलो खेल कर्णालीसँग हार व्यहोरेको थियो भने काठमान्डुको पहिलो खेल हो । तर दोस्रो खेलमा नै पहिलो संस्करणको च्याम्पियन जनकपुरले जित रच्यो । जनकपुर जितमा मोइन ५८ रनमा अविजित रहे ।उनले तेस्रो विकेटका लागि हसन अलीसँग ७९ रनको अविजित साझेदारी गरे । हसन ४० रनमा अविजित रहे । मोइनले ५१ बलमा समान तीन चौका र छक्का हिर्काए । हसनको इनिङमा एक चौका र तीन छक्का रह्यो । त्यसअघि जनकपुरको सुरुआत पनि राम्रो हुन सकेन । ओपनर तृतराज दास ५ रनमा दोस्रो ओभरमै आउट भए । काठमाण्डुका रिपोन मण्डलले तृतराजलाई स्मित पटेलबाट क्याच गराउँदै राम्रो सुरुआत दिलाए । तर अर्को छेउबाट मोइनले इनिङ अगाडि बढाए ।उनले दोस्रो विकेटका लागि मायन यादवसँग ३० रनको साझेदारी गरे । तर छैटौं ओभरमा मायन ९ रनमा रनआउट हुन पुगे । यद्यपि मोइनले तेस्रो विकेटका लागि सइफसँग अविजित साझेदारी गर्दै सहज जित दिलाए । काठमान्डुका ९ बलरले बलिङ गरे पनि झिनो लक्ष्य जोगाउन सकेनन् । टस जितेर पहिले ब्याटिङ गर्ने काठमान्डुको निर्णय सही साबित भएन । खराब सुरुआत गरेको काठमान्डु १९।३ ओभरमा ११५ रनमा नै अलआउट भयो । तेस्रो ओभरमै दुई विकेट गुमाएको काठमान्डु सुरुदेखि दबाब रह्यो ।






