काठमाडौं/
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ ग्रहण गराउनुभएको हो। नवनिर्वाचित पार्टी सभापति थापाले भने दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ ।






