काठमाडौं/
असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर ९प्यान० सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ।आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो।तथ्यांकअनुसार व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ। असार मसान्तसम्म यो संख्या २१ लाख ९२ हजार ३४१ थियो। असोज महिनामा मात्रै ३५ हजार ४९६ नयाँ व्यवसायिक प्यान थपिएको विभागले जनाएको छ।त्यस्तै व्यक्तिगत प्यान लिनेको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। असोज मसान्तसम्म व्यक्तिगत प्यान लिनेको संख्या ५७ लाख ७८ हजार ६३२ पुगेको छ। असार मसान्तसम्म यो संख्या ५५ लाख ३२ हजार ७२६ थियो। असोज महिनामा मात्रै २ लाख ४५ हजार ९०६ नयाँ व्यक्तिगत प्यान जारी भएको छ।करकट्टी गर्ने निकाय अर्थात् टीडीएस प्यान लिनेको संख्या असोज मसान्तसम्म १ लाख ८८ हजार ९४५ पुगेको छ। असार मसान्तसम्म यो संख्या १ लाख ८५ हजार ७९७ थियो। असोजमा मात्रै ३ हजार १४८ नयाँ करकट्टी प्यान थपिएका छन्।विभागका अधिकारीहरूका अनुसार प्यान लिनेको संख्या बढ्नुमा कर प्रणालीमा आबद्ध हुने क्रम बढ्नु, अनलाइन सेवा सहज हुनु, रोजगारी तथा व्यवसायका लागि प्यान अनिवार्य हुनु र कर चेतना बढ्नु प्रमुख कारण हुन्। पछिल्लो समय सरकारी सेवा, बैंकिङ कारोबार र वैदेशिक रोजगारीका लागि पनि प्यान आवश्यक पर्ने भएकाले व्यक्तिगत प्यान लिनेको संख्या तीव्र रूपमा बढेको छ।यद्यपि प्यान लिनेको संख्या बढे पनि सक्रिय रूपमा कर तिर्ने करदाताको संख्या भने सोही अनुपातमा नबढेको विज्ञहरूको भनाइ छ। करको दायरा फराकिलो भए पनि कर अनुपालन र नियमित विवरण बुझाउने प्रवृत्ति अझै कमजोर रहेको उनीहरूको टिप्पणी छ।






