भक्तपुर
जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो परिमाणको लागूऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुरथिमी नगरपालिका वडा नं. २ सिव्यश्वरी प्लानिङ एरियामा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट लागूऔषध फेला पारेको हो। जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा बस्ने वर्ष २८ को प्रदिप के.सी. र जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा बस्ने वर्ष ३८ को बसन्त बहादुर खत्री पक्राउ परेका छन। निजको साथबाट ४२.८४ ग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ट्रामाडोल १० क्याप्सुल फेला परेको छ। लागूऔषध मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।





