काठमाडौँ /
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन् । हुआङ कम्पनीको मुख्यालय फर्किएसँगै कर्मचारीले भव्य स्वागत गरेका छन् भने उनको पुनरागमनले एसियाली सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । चिनियाँ जासुस भएको आरोप लागेकी एक महिलासँगको सम्बन्ध सार्वजनिक भएपछि हुआङले यसै महिनाको सुरुमा पदबाट राजीनामा दिएका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको सञ्चालक समितिसँग छलफल गरी उनलाई पुनः नेतृत्वमा फर्काउन सहमति जुटाएका हुन् । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा कुनै जोखिम नरहेको स्पष्ट पारेका छन् । जिम्मेवारीमा फर्किएपछि हुआङले दोस्रो अवसरका लागि सबैलाई धन्यवाद दिँदै यसपटक अझ उत्कृष्ट प्रमुख कार्यकारी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको पुनरागमनको खबर सार्वजनिक भएसँगै ताइवानको सेयर बजार पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने अन्य एसियाली सेयर बजारमा समेत उत्साह देखिएको छ ।






