धादिङ/
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारमा मंगलबार बिहान टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।बिहान करिब ११ बजे काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिकाका अन्दाजी २८ वर्षीय वरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए।घाइते भट्टलाई तत्काल उपचारका लागि स्थानीय बैरेनी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ का अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






