काठमाडौँ /एजेन्सी
मध्यपूर्वमा चर्किएको तनावका बीच इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै गएराति ड्रोन तथा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानी पक्षले बहराइनमा रहेका चारवटा अमेरिकी सैन्य अखडालाई निशाना बनाएको दाबी गरेको हो ।आक्रमणका क्रममा अमेरिकी सैन्य संरचना, हवाई प्रतिरक्षा प्रणाली तथा राडार संयन्त्रलाई मुख्य लक्ष्य बनाइएको जनाइएको छ । इरानले आक्रमणबाट अमेरिकी सेनाको अत्याधुनिक ुप्याट्रियटु क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र राडार संयन्त्रमा क्षति पुगेको दाबी गरेको छ ।यद्यपि, इरानको उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । आक्रमणका विषयमा अमेरिका र बहराइन दुवै पक्षले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि नगरेकाले घटनाबाट भएको वास्तविक मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी छ । पछिल्लो आक्रमणसँगै मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील र तनावपूर्ण बन्दै गएको छ ।






