काठमाडौँ/
जनमत निर्माण, सूचना प्रवाह र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज नेपाललगायत विश्वभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी २९औँ विश्व टेलिभिजन दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ का दिन यो दिवस मनाउने गरिन्छ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१र२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो। सूचना, शिक्षा र मनोरञ्जनका क्षेत्रमा टेलिभिजनले पुर्याएको योगदानको कदर गर्दै राष्ट्रसङ्घले यसलाई सञ्चार जगतको एक शक्तिशाली माध्यमका रूपमा स्वीकार गरेको हो।पछिल्ला वर्षहरूमा सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल माध्यम तथा सामाजिक सञ्जालको प्रभाव बढे पनि समाजमा सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न टेलिभिजनको भूमिका अझै उत्तिकै प्रभावकारी र अपरिहार्य रहेको सञ्चारविद्हरूको ठहर छ। दूरसञ्चार र प्रसारणका माध्यमबाट गाउँदेखि सहरसम्मका नागरिकलाई सुसूचित गर्न टेलिभिजनले परम्परादेखि नै पुलको काम गर्दै आएको छ।नेपालको सन्दर्भमा वि।सं। २०२४ सालमा सिंहदरबारमा बन्दसत्र प्रसारणबाट सुरु भएको टेलिभिजन यात्रा वि।सं। २०४२ साल कात्तिक १७ गते नेपाल टेलिभिजनको औपचारिक स्थापनासँगै नयाँ युगमा प्रवेश गरेको थियो। यस ऐतिहासिक दिनको स्मरण गर्दै नेपालमा पनि विभिन्न सञ्चार संस्था, नेपाल टेलिभिजनलगायत टेलिभिजन काउन्सिल र पत्रकार महासङ्घका विभिन्न शाखाहरूले विविध अन्तरक्रिया, विचारगोष्ठी तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्।विशेष गरी पछिल्लो समय प्रविधिको विकाससँगै नेपालमा पनि एन्ड्रोइड टिभी, हाइडिफिनिसन ९ज्म्० प्रसारण र अनलाइन स्ट्रिमिङको पहुँच बढेको छ। यस अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा वक्ताहरूले डिजिटल युगको प्रतिस्पर्धासँगै टेलिभिजन प्रसारणलाई अझ बढी सत्यतथ्य, गुणस्तरीय, समावेशी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।






