काठमाडौं /
पालिकाको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मुख्य राष्ट्रिय दलहरूलाई बोलाएको छ। चुनावको मिति घोषणाबारे गृह मन्त्रालयसँग एक चरणको छलफलपछि आयोगले दलहरूसँग आउँदो मङ्सिर ४ गते औपचारिक परामर्श गर्न लागेको हो।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठक मङ्सिर ४ गते बिहान ११.३० बजे बस्नेछ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहभागी हुनेछन्।बैठकमा आगामी निर्वाचनको तयारी, सम्भावित निर्वाचन मिति, मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता तथाद आवश्यक व्यवस्थापकीय तयारीका विषयमा छलफल हुने आयोगले जनाएको छ।निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आयोग चुनावका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ। आयोगका अनुसार चुनावको कानुनी प्रक्रियाका लागि १२० दिनको अवधि आवश्यक पर्ने भएकाले मध्य मङ्सिरभित्रै मिति घोषणा भएमा आउँदो चैत मसान्तसम्म पालिकाको चुनाव गराउन सकिनेछ।यसअघि शनिबार आयोगका पदाधिकारीले गृहमन्त्री सुधन गुरुङसँग निर्वाचन तयारीबारे छलफल गरेका थिए। छलफलमा आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा चार महिना आवश्यक पर्ने भन्दै तत्काल मिति तोक्न सरकारलाई आग्रह गरेको थियो। आयोगले चैतको पहिलो साताभित्र, विशेष गरी चैत ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने गरी सरकारलाई सुझाव दिएको छ।पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाखमा सकिँदै छ। कानुनी व्यवस्थाअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ। यही व्यवस्थालाई ध्यानमा राख्दै आयोगले चैतमा निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो।प्रधानमन्त्री बालेन शाह मङ्सिर ६ गतेदेखि तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन्। आयोगले भ्रमणअघि नै प्रधानमन्त्रीसँग भेटेर निर्वाचनको मिति तय गर्न चाहेको छ।सङ्घीय सरकारमा झन्डै दुईतिहाइको बहुमत भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पालिका र प्रदेश तहमा उपस्थिति नरहेकाले यो चुनाव रास्वपाका लागि जनमत जाँच गर्ने मध्यावधि चुनावजस्तै बन्नेछ।





