बुटवल/
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।बुटवलमा आयोजित समारोहमा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अभियानको उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उहाँले विश्व राजनीतिक घटनाक्रम र पछिल्ला आन्दोलनहरूले वामपन्थी शक्तिहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो।खनालले विशेष गरी जेनजी आन्दोलनपछि पुराना राजनीतिक दल र नेतृत्वप्रति जनतामा नकारात्मक धारणा स्थापित भएको उल्लेख गर्दै अब पार्टीमा युवा सहभागिता अनिवार्य भएको बताउनुभयो।उहाँले भन्नुभयो, “युवालाई समेट्न सकिएन भने नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे र मोहन वैद्य नेतृत्वका दलजस्तै सीमित घेरामा खुम्चिनेछ।” साथै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा बिचौलियाको प्रयोग गरेको आरोप समेत लगाउनुभयो।नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार यो अभियान कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देशभर चल्नेछ।केन्द्रीय तहमा यो अभियान पार्टी कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
Compose
Write to Meta AI





