काठमाडौँ/
नेकपा (एमाले) को दुईदिने राष्ट्रिय भेला समसामयिक राजनीतिक विषयमा २१ बुँदे विशेष सङ्कल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षालाई सर्वोपरी राख्दै भेलाले उक्त सङ्कल्प पारित गरेको पार्टीको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भेलाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, सुशासन प्रवर्द्धन गर्न र विकास निर्माणको गतिलाई तीव्रता दिनुपर्ने निष्कर्ष निकालेको छ ।संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबीच सहमति, सहकार्य र समझदारी अपरिहार्य रहेको औँल्याउँदै भेलाले आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सरकारलाई विशेष आह्वान गरेको छ ।सङ्कल्प प्रस्तावमा लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण, स्वच्छ र निष्पक्ष निर्वाचनको सुनिश्चितता तथा सर्वसाधारणका दैनिक जीवनसँग जोडिएका समस्याको समाधानलाई प्रमुख प्राथमिकतामा राखिएको छ । साथै भेलाले आगामी दिनमा पार्टीपङ्क्तिलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै नागरिकको हित, विकास र समृद्धिको अभियानमा सक्रिय रूपमा परिचालित हुन निर्देशन दिएको छ ।






