काठमाडौं/
उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रसन बलियो न्यून चापीय क्षेत्रभइ पश्चिम–उत्तरपश्चिम दिशातिर आएकोले नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।देखिन्छ । यसको प्रभावले बुधबारबाट नै देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाको पूर्वानुमान छ । मौसमविद् डेबिड ढकालका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । उक्त समय गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपशिचम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।






