काठमाडौं/
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको छ।बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा लामो समयदेखि बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। पीडित परिवारलाई राहत तथा अन्य सुविधा उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ।






