उदयपुर/
घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गर्दा उदयपुरको चौदण्डीगढीमा एक महिलाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–२, डाँडागाउँका ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईमाथि हतियार प्रहार गरेका हुन्। राईले धारिलो हतियार सिकलले श्रीमतीको गर्दनमा प्रहार गरेको प्रहरीले जनाएको छ।असोज ४ गते मध्यराति करिब १२.३० बजे घटना घटेपछि आरोपी गन्दु राम राई आफैं अस्थायी प्रहरी पोष्ट माडिबास पुगेर जानकारी गराएका थिए। लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ।घटनालगत्तै अस्थायी प्रहरी पोष्ट माडिबासका प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई जनाको टोलीले घाइते बिमलालाई उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याएको थियो। तर उपचारका क्रममा राति १स्१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






