काठमाडौं/
नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ। मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। प्रहरी सहायक निरीक्षक ,असई र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३ सय ३४ जनाका लागि नयाँ भर्ना खुला गरिएको छ।जारी सूचना अनुसार प्रहरी सहायक निरीक्षक जनपदमा २ सय ११ जना माग गरिएको हो।

त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना माग गरिएको छ। इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने पनि जारी सूचनामा उल्लेख गरिएको हो।प्रहरी प्रधान कार्यालयले आज प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे । खुलातर्फ ११४ जना मागेकाे छ भने बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ।





