काठमाडौं/
विशिष्ट साहित्यकार डा। राजेन्द्र विमलको ८१ वर्षको उमेरमा निधन भएको छ। जनकपुरमा उहाँको निधन भएको हो । उहाँ मुटु रोगबाट पीडित रहेको डा। राजेन्द्र विमल प्रतिष्ठानले जनाएको छ। विमलका एक छोरी दुई जना छोरा रहेका छन् । प्राध्यापन तथा साहित्यमा लामो समयदेखि क्रियाशील सर्जक विमल एक उत्प्रेरक व्यक्ति हुनुहुन्थ्यो । नेपाली साहित्यमा समर्पित अनुज पुस्ताका सर्जकहरूलाई विमलले सधैँ उत्प्रेरित गर्दै आउनुभएको थियो ।भानु प्रतिष्ठान, काठमाडौंले एक विज्ञप्ति जारी गर्दै नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधक, प्रखर चिन्तक एवं बहुभाषिक स्रष्टा डा। विमलको दुःखद अवसानको खबरले प्रतिष्ठान परिवार स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ ।






