काठमाडौं/
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा एक किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ ।प्रहरीले पक्राउ परेकाको साथबाट एक करोड २५ लाख १ सय ८६ बराबरको सुन बरामद गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ । यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीले बताएको हो। विमानस्थल सुरक्षा कार्यालयले बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।सोही विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थल सुरक्षा कार्यालयले गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।






