काठमाडौँ/
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ९औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ।नेपाल ग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा भइरहेको मेलामा बैंकले घररजग्गा खरिद तथा निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण र समन्वय गरिरहेको छ।सुलभ र प्रतिस्पर्धी वित्तीय सेवामार्फत आवास तथा निर्माण क्षेत्रमा पहुँच विस्तार गर्ने उद्देश्यले बैंक प्रदर्शनीमा सहभागी भएको हो। विकास बैंकहरूमध्ये सबैभन्दा प्रतिस्पर्धी र आकर्षक ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको महालक्ष्मी बैंकले यस मेलामा प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरेको छ। भदौ महिनाका लागि बैंकको आधार दर ५।६४ प्रतिशत रहेको छ, जसको प्रत्यक्ष लाभ सेवाग्राहीले लिन सक्नेछन्।कर्जासम्बन्धी जानकारी र परामर्श लिन इच्छुक ग्राहकहरूले प्रदर्शनीमा रहेको स्टल नम्बर ब्द्दज्ञ मा सम्पर्क गर्न सक्नेछन्। जहाँ बैंकका प्रतिनिधिहरूले ग्राहकलाई कर्जा प्रक्रिया र अन्य बैंकिङ सुविधाहरूबारे प्रत्यक्ष जानकारी गराउनेछन्।उच्चस्तरीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।






