काठमाडौँ,/
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३६ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।प्रतिवेदन पेस गर्नुहुँदै प्रमुख आयुक्त आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८२र८३ मा आयोगले सम्पादन गरेका प्रमुख काम कारवाही संक्षिप्तरुपमा प्रस्तुत गर्नुहुँदै भ्रष्टाचारको स्वरुप, प्रवृत्ति र शैली समयानुकूल परिवर्तन हुँदै गइरहेको सन्दर्भमा यसलाई प्रभावकारीरुपमा नियन्त्रण गर्न आयोग आफैँ पनि निरन्तररुपमा संस्थागत, प्राविधिक र कार्यविधिगत दृष्टिले परिमार्जित हुँदै गएको जिकिर गर्नुभयो ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष आयोगका प्रमुख राईले सो प्रतिवेदन पेस गर्नुभएको हो ।आयोगको ३६ औँ वार्षिक प्रतिवेदनमा नेपालको संविधानको धारा २९४ मा व्यवस्था भएबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आर्थिक वर्ष २०८२र८३ मा सम्पादन गरेका मुख्य कामकारवाही र गतिविधि समेटिएको छ ।उहाँले अनुसन्धान प्रक्रियालाई थप वैज्ञानिक र नतिजामुखी बनाउने क्रममा आयोगले जोखिमयुक्त क्षेत्र पहिचान पूर्वसक्रिय अनुसन्धान प्रणाली, डिजिटल फरेन्सिक लगायत अत्याधुनिक विधि र प्रविधिको उपयोग बढाइएको, अनुसन्धान अधिकृतहरुको व्यावसायिक दक्षता अभिवृद्धिका लागि नियमित तालिम, विशिष्टिकृत क्षमता विकास कार्यत्रम तथा अन्तर्राष्ट्रिय अभ्यासहरुको आदानप्रदान गरिएको भनाइ राख्नुभयो ।






