काठमाडौं/
छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ । कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन् ।छापामाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनम जनाएको छ ।कार्यदलले छापामाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।






