काठमाडाैं/
आइतबार जेनजी आन्दोलनका क्रममा पुर्णरुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत गौशालाको भवन उद्घाटन गर्दै महानिरक्षक नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्तिसुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताउनुभयो। उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित भवनले नेपाल प्रहरीको दृढता, पुरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाइ झल्काएको उल्लेख गरे।भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूको सोच, आचरण र सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्ने उनको भनाई छ। महानिरीक्षक कार्कीले क्षतिग्रस्त ४ सय ५९ वटा संरचनामध्ये हालसम्म ४ सय ५२ वटा भवनहरूको पुनर्निर्माण तथा प्रबलीकरण भइसकेको जानकारी दिँदै नागरिक र स्थानीय तहको अपनत्वकै कारण यो सम्भव भएको बताउनुभयो।






