विशेष आर्थिक संवाददाता/काठमाडौं
नेपालको दूरसञ्चार क्षेत्रका अग्रणी सेवाप्रदायक एनसेलले पुरानो प्रविधिलाई पूर्ण रूपमा विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको सेवा विस्तार गर्ने उद्देश्यसहित आफ्नो ३जी सेवा सधैंका लागि बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ।कम्पनीले मुलुकभर बाँकी रहेका ६८ प्रतिशत ३जी साइटहरू आगामी एक महिनाभित्रै चरणबद्ध रूपमा बन्द गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गर्दै यसको व्यावहारिक कार्यान्वयनसमेत सुरु गरिसकेको छ। ९९२ साइटहरू बन्द भइसके, २,१३७ साइटहरू बन्द हुने क्रममा रहेका छन् । एनसेलका अनुसार, देशभर रहेका कुल ३,१२९ वटा ३जी साइटहरूमध्ये हालसम्म ९९२ वटा साइटहरू बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २,१३७ वटा साइटहरूलाई लक्षित गर्दै चार चरणको कडा कार्ययोजनाअन्तर्गत सेवा बन्द गर्न लागेको हो।बढ्दो डिजिटल अभ्यास, तीव्र गतिको डेटाको माग र आधुनिक फोरजी तथा फाइभजी छन् पूर्वाधारको सुदृढीकरणका लागि यो कदम अपरिहार्य रहेको दूरसञ्चार विज्ञहरूको ठहर छ।

चार चरणमा कार्यान्वयन हुने तालिका
कम्पनीले जारी गरेको कार्यतालिकाअनुसार ३जी सेवा बन्द गर्ने अभियान चार चरणमा सम्पन्न हुनेछ।
पहिलो चरण ९मंसिर ७०स् लुम्बिनी र गण्डकी प्रदेशका ३जी साइटहरू बन्द गरिनेछन्।
दोस्रो चरण ९मंसिर १४०स् संघीय राजधानीसहित काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरू ९काठमाडौं, ललितपुर र भक्तपुर० का साइटहरू बन्द हुनेछन्।
तेस्रो चरण ९मंसिर २१०स् मधेश प्रदेश, गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानहरू तथा औद्योगिक एवं व्यापारिक सम्भावना बोकेको चितवन जिल्लामा सेवा बन्द गरिनेछ।
चौथो तथा अन्तिम चरण ९मंसिर २६०स् मधेश र कोशी प्रदेशका विभिन्न स्थानहरूमा बाँकी रहेका सम्पूर्ण ३जी साइटहरू पूर्ण रूपमा बन्द गरी यो अभियानको औपचारिक समापन गरिनेछ।
आर्थिक विश्लेषकहरूका अनुसार पुरानो प्रविधिमा भइरहेको उच्च सञ्चालन खर्चलाई कटौती गरी आधुनिक प्रविधिमा स्रोतको पुनर्केन्द्रितरण गर्नु कम्पनीको वित्तीय स्वास्थ्यका लागि सकारात्मक कदम हो। यसले स्पेक्ट्रमको प्रभावकारी उपयोग गर्न सघाउ पुर्याउनेछ भने उपभोक्ताले अझ उन्नत, गुणस्तरीय र उच्च गतिको दूरसञ्चार सेवाको अनुभव गर्न पाउनेछन्।एनसेलको यो कदमले नेपालको डिजिटल अर्थतन्त्रको विकासमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।





