काठमाडौँ/
मलेशियामा रोजगारीका लागि जाने श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। वैदेशिक रोजगारीमा जाने युवाहरूबाट डेढ अर्ब रुपैयाँभन्दा बढी अवैध रकम असुली तथा त्यसको व्यवस्थापनमा संलग्न गिरोहसँग मिलेमतो देखिएको भन्दै प्रहरीले अर्यालविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको हो।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले हिजो मात्रै यसै प्रकरणमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी ६ जनालाई पक्राउ गरेको थियो। उच्चपदस्थ पूर्वप्रशासकविरुद्ध नै पक्राउ पुर्जी जारी भएपछि वैदेशिक रोजगारीका नाममा भएको यो सङ्गठित अपराधको अनुसन्धान थप पेचिलो र गम्भीर मोडमा पुगेको छ।






