काठमाडौं/
काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनापछि कार चालक बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङलाई प्रहरीले कारसहित नियन्त्रणमा लिएको छ।नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा।प्र। ०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा।प्र। ०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि बसुन्धरास्थित ग्रिनसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।






