काठमाडौं /
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारदेखि देशका केही भू-भागमा वर्षा हुने सम्भावना देखिएको भन्दै सर्वसाधारणमा त्रसित नहुन आग्रह गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा “लगातार सात दिनसम्म ठूलो पानी पर्ने र बाढी पहिरो जाने” भन्ने खालका भ्रामक समाचारहरु तीव्र रुपमा फैलिएपछि विभागले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको हो।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार अहिले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले गर्दा आगामी मंगलबार, कात्तिक ११ गतेदेखि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। तर कुन प्रदेशको कुन जिल्लामा कति मात्रामा पानी पर्छ, कति दिनसम्म पर्छ र त्यसले कति असर गर्छ भन्ने कुरा अहिले नै यकिनका साथ भन्न सकिने अवस्था छैन।आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ।तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन । मौसमविद् महर्जनले अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म लगातार झरी पर्छ भनेर फैलाइएको खबरले विशेषगरी किसान दाजुभाइ दिदीबहिनीहरु त्रसित देखिनुहुन्छ, मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ। त्यसैले अहिले नै एक साता पछिको मौसमलाई लिएर डर फैलाउनु आवश्यक नभएको विभागको भनाइ छ।






