बीबीसी/
यमनको दक्षिणी बन्दरगाह शहर एडेनमा रहेको राष्ट्रपति भवनलाई निशाना बनाएरअल–माशिक प्यालेसमाथि हुथीले हिजो पाँच वटा ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।हुथीको आक्रमणमा प्रधानमन्त्री र मन्त्रीहरू सुरक्षित रहेका सूचनामन्त्री मोअम्मर अल–एरियानीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । आक्रमणमा अरू १६ जना घाइते भएका छन् ।यमनका स्वास्थ्यमन्त्री कासिम बुहाइबेले आक्रमणमा परेर ज्यान गुमाउनेहरूमा सुरक्षाकर्मी र गैरसैनिक कर्मचारीहरू रहेका बताउनुभएको छ ।अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको मुकाम यहीँ रहेको छ ।साउदी अरब नेतृत्वको गठबन्धनले यमन सरकारलाई समर्थन गर्छ र इरान समर्थित हुथी विद्रोहीविरुद्ध सरकार समर्थक सेनाको आक्रमणमा हवाई सहायता प्रदान गर्दै आएको छ ।हुथी विद्रोहीले सन् २०१४ मा सानामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई अपदस्थ गरेपछि शुरू भएको गृहयुद्धले यमन सङ्कटमा छ ।सन् २०१५ मा साउदी नेतृत्वको अरब देशहरूको गठबन्धनले सरकार पुनस्र्थापित गर्न हस्तक्षेप गरेपछि द्वन्द्व बढेको थियो ।गएको जुलाई महिनामा हुथीले साउदी अरबविरुद्ध समुद्री प्रतिबन्ध घोषणा गरेपछि र लाल सागरमा साउदी सम्पत्तिहरूमाथि क्षेप्यास्त्र एवम् ड्रोन आक्रमण गरेपछि चार वर्ष पुरानो अनौपचारिक युद्धविराम भङ्ग हुन थालेको हो ।






