सप्तरी/
सप्तरीको कञ्चनरूप नगरपालिका –८ वाडको विद्युत् कार्यालय नजिक झैझगडा तथा कुटपिट गरी ज्यान मार्नेसम्मको कसुर गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डललाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार गत बुधबार राति करिब ९ः१० बजे भएको कुटपिटमा कञ्चनरूप नगरपालिका –८ का १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको थियो । घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ ।






