कोहलपुर/
वा भइरहेको सूचनाको आधारमा प्रहरीले मङ्गलबार राति करिब आठ बजे बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा छापा मारेर अनलाइन जुवा खेलाउने ४२ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा सङ्लग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएको बताउनुभयो ।होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरु समेत बरामद गरेको तथा उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताउनुभयो । उहाँले भन्नुभयो, “होटलमा ठुलो परिमाणमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको जानकारीका आधारमा छापा मारिएको हो, अन्य सबै जानकारी जुटाउने कार्य चलिरहेको छ । विस्तृत जानकारी बुधवारसम्म मात्रै दिन सकिनेछ ।”घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।






