काठमाडौँ/
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अपरान्ह सवा चार बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानेछन्।संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको हो। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरु हुँदैछ। प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई सेप्टेम्बर २४ ९असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका जाने भएका हुन्। यसअघि कार्यभार सम्हालेको एक वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहेका शाह भोटेकोशी बाढीपहिरोपछि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्न अमेरिका जान लागेका हुन्।भदौ १० गते आएको भोटेकोशी बाढी तथा पहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी छ।






