काठमाडौं/
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयले जनाएको छ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३ु लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ुराज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ु माथि छलफल र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।






