काठमाडौं/
मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँस भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक–दुई ठाउँ र पर्सि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आउँदो बिहीवारदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्हरूले यसअघिदेखि नै भन्दै आएका छन् ।मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ । महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अद्यावधिक गर्दै उल्लेख गरेको छ ।मौसमसम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






