सप्तरी/
बुधबार राति प्रसूति गराउन आफ्ना श्रीमान हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले बिहीबार बिहान सडकमै बच्चा जन्माएकी थिइन् । रगत परीक्षणका लागि पैसा अपुग हुँदा आफूहरू अस्पतालबाट बाहिरिनुपरेको उक्त प्रकरणपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर केष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको अस्पतालले जनाएको छ। ।गठन भएका विभिन्न समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभई अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई कामकाजबाट हटाइएको अस्पतालले जानकारी गराएको छ।






