काठमाडौं/
प्रधानमन्त्री बालेन्द्र साहले संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।उहाँले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताउनु भयो । उहाँले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उहाँको विश्वास छ ।जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ । हरेक इमान्दार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् ।






